राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here