यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ।


त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।