म्यानमाको याङ्गुन नदीबाट पाँच जनाको शव उद्धार



म्यानमाका उद्धारकर्ताहरूले व्यवसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो ।

“उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्”, अग्नि नियन्त्रण सेवाले सेवाले शुक्रबार राति फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ । तीन जना पुरुष, एक १६ वर्षीय बालक र एक १२ वर्षीया बालिकाको शव याङ्गुन जनरल अस्पतालमा पठाइएको विज्ञप्तीमा जनाइएको छ ।


अल्पविकसित यातायात र कमजोर रूपमा लागु गरिएका सुरक्षा नियमहरूका कारण म्यानमामा डुङ्गा दुर्घटनाका घटनाहरु सामान्य छन्।