मुगुमा एकाबिहानै भूकम्पको धक्का महशुस



काठमाडौं । मुगुमा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।


यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।