काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनकै विषयमा पार्टीकै नेताहरुले टिप्पणी गरेको भन्दै आक्रोश पोखेका छन् ।
आज बिहान बसेको रास्वपा केन्द्रीय कमिटीको बैठकमा टेप टाँसेर प्रस्तुत भएका महामन्त्री डा. ढकालले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए। सभापति रवि लामिछानेले रोके ।
तर, उनी आफैंले सार्वजनिक गरेको प्रस्तावमा आफूले बिहे गर्ने कि कुमारै बस्ने केन्द्रीय समितिले नै निर्णय गरोस् उल्लेख गरेका हुन् । “गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।” उनको प्रस्तावमा उल्लेख छ ।