मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा यादव



जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको  अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।  

सिराहाको सिराहा नगरपालिका– १३ स्थित गम्भरियाका डा. यादवले मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधि गरेका छन्।  यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव ०८० फागुन २२ गते पदमुक्त भएका थिए ।


विगत पाँच महिनादेखि लोकसेवा आयोगमा पदाधिकारीविहीन हुँदा कर्मचारी भर्ना तालिका प्रकाशन, परीक्षा सञ्चालन, अन्तर्वार्ता  तथा छनाेट प्रक्रिया अवरुद्ध भएको थियो ।  ०७६ भदौ ४ मा  प्रदेश लोकसेवा आयोगको गठन तथा स्थापना भएको थियो ।