बेलायतमा चक्कु प्रहारबाट आठ जना घाइते



उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्ट, मर्सेसाइडमा सोमबार आठ जनालाई छुरा प्रहार गरी घाइते बनाएको स्थानीय प्रहरी र आपत्कालीन सेवाहरूले जनाएका छन् । “बिहान ११ः५० बजे हामीलाई हार्ट स्ट्रिटको एक सम्पत्तिमा छुरा प्रहार भएको रिपोर्टका लागि बोलाइयो”, मर्सेसाइड प्रहरीले विज्ञप्तिमा भन्यो ।

सशस्त्र प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको र एउाटा चक्कु बरामद गरेको उनले बताए । चक्कु प्रहारबाट चोट लागेका आठ पीडितको उपचार गरिएको उत्तर पश्चिम एम्बुलेन्स सेवाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । स्थानीय प्रहरीले छुरा प्रहारलाई ‘ठूलो घटना’ घोषणा गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।