बालबालिकालाई आज पनि पोलियोविरुद्धको खोप दिइँदै



काठमाडौँ । काठमाडौँ उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ ।

उपत्यकाका तीनवटै जिल्लाका ५ वर्षमुनिका झण्डै २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरिएको छ ।


साउन १२ गतेसम्म चल्ने उक्त खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।