प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डले आफू संसद् फेस गर्न तयार रहेको धारणा व्यक्त गरेको बताए । उनले पदाधिकारी बैठकले पनि संसद् फेस गर्नका लागि सुझाव दिएको उनको भनाइ छ ।


‘प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसद् फेस गर्ने र विश्वासको मत लिनेगरी अगाडि बढ्ने कुरामा प्रधानमन्त्री धारणा बनाउनु भएको छ । हामी पार्टीको तर्फबाट पनि एकमतले विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग, कांग्रेससँग पनि र एमालेका अहिले सहमति भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुराकानी भएको छ,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here