प्रचण्ड नेतृत्वको सरकार ढल्छ, तरपनि विश्वासको मत दिन्छौं : एकीकृत समाजवादी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेको बताएका छन् ।

आज (आइतबार) पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने बताएका हुन् ।


‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौं । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौं,’– उनले भने ।