प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस–एमाले गठबन्धन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण भएको बताएका छन्।

जय नेपाल फाउन्डेसन सोलुखुम्बु शाखाले ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको ‘वीपी कोइराला र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।


धोकाधढीको राजनीति यस पटकबाट अन्त्य भएको प्रमाणित गर्नुपर्ने चुनौती नेताहरुमा रहेको बताउँदै महामन्त्री थापाले भने, ‘अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर भएको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा संशय रहेको छ।

उहाँहरु एकअर्काबीच यति धेरै धोकाधडी भइसकेको छ कि मानिसहरुको मनमा संशय छ। तर यो उहाँहरुले प्रमाणित गर्नुपर्छ। कांग्रेसको तर्फबाट हामी प्रमाणित गर्छौँ। नेकपा एमालेका तर्फबाट गर्ने काम उहाँहरुको हो।’