प्रचण्डको अस्थितर चरित्रका कारण कांग्रेस-एमालेको गठबन्धन बन्योः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको बताएका छन् । आज (बिहीबार) विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेसको प्रतिपक्षमा नै बस्ने चाहना भएपछि प्रचण्डका कारण त्यो सम्भव नभएको बताएका हुन् ।

प्रचण्डले एमालेसँग पछिल्लो पटक गठबन्धन गरेपछि पनि दायाँबायाँ गर्न खोजेको उनको दाबी छ । प्रचण्डले कांग्रेससँग फेरि नयाँ खालको लसपस सुरु गरेको आरोप लगाए । कांग्रेससँग लसपस थाहा पाएर एमाले पनि झस्किँदा अहिलेको परिस्थिति निर्माण भएको उनले सुनाए । ‘प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन,’– उनले भने ।


वर्तमान सरकार ढल्नुमा सबैभन्दा बढी जिम्मेवार प्रचण्ड स्वयमं रहेको उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here