पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि



काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा दुई रूपैयाँ र डिजेलमा पाँच रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।


मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६४ दशमलव ५० कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य एक सय ५४ दशमलव ५० कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६६ कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य एक सय ५६ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here