न्यायिक समितिबाट एक सय १५ मुद्दाको मिलापत्र



मनहरी (मकवानपुर) । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ ।

उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षको उपस्थितिमा मिलापत्र गराएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले जानकारी दिए । समितिमा गत आवका २८ सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएका थिए । उनले भने,“हामीले ३६ निवेदकलाई अदालत जान सल्लाह दिएका छौँ ।”


नगरभित्रका वडामा रहेका मेलमिलाप केन्द्रमा छलफल हुने गरेको र त्यहाँ टुङ्ग्यो नलागेका मुद्दा नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक एवं उपप्रमुख बानियाँले बताए । समितिले चार निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र तीनवटा निवेदन तामेलीमा राखेको छ ।

वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२ निवेदन रहेका तथा न्यायिक समितिमा २९ निवेदन प्रक्रियामा रहेका छन् । प्रायजसो न्यायिक समितिमा जग्गा÷साँध सिमानासम्बन्धी र आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढी आउने गरेका छन् ।

समितिमा जग्गा÷साँध सिमानासम्बन्धी ६२, आर्थिक लेनदेनसम्बन्धी ५१, पतिपत्नीसम्बन्धी २१, बाटोसम्बन्धी २९, घरायसी÷अंशसम्बन्धी १९, ज्याला मजदुरी नपाएका १६, घरबहाल नपाएकोरकोठा खाली गरी पाउँ भन्नेबारे १४ तथा सहमति कार्यान्वयनका १२ उजुरी परेका सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here