नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा



काठमाडौं । सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।