प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट



काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले प्रधानबारे छलफल गरेका थिए ।

बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् । सुनुवाइ सकिएपछि अर्को बैठक बसेर नियुक्त गर्ने नगर्ने निर्णय हुने बताईएको छ ।


प्रधानको यसअघि असार २१ गते नै सुनुवाइ हुने तय भएर पनि रोकिएको थियो । यौन शोषण गरेको जस्तो आरोप लागेको भन्दै समितिले २० गते उजुरीकर्ताको कुरा सुनेर बैठक स्थगित गरेको थियो । असार २१ गते तय भएर रोकिएको सुनुवाइ बुधबार भएको हो ।

गत असार ७ गते १० दिनको समय दिएर प्रधानविरुद्ध उजुरी आह्वान भएको थियो । उनीविरुद्ध ४ वटा गम्भीर प्रकृतिका उजुरी परेको समितिले जनाएको छ ।