नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा गंगा चौधरी चयन, रञ्जितालाई हटाइयो



कैलाली । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् । चौधरी यसअघि प्रमुख सचेतक थिए ।

प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।


नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here