नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु



नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको पानीको अभाव र उच्च तापक्रमका कारण मृत्यु भएको छ ।

मिडिया स्रोतहरूका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेको छन् । उनीहरूले अन्य दुई सय जना अन्य आप्रवासीलाई उद्धार गर्न पनि सफल भएका थिए ।


नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि खतरनाक क्रसिङ गेटवे हो ।

तापक्रममा वृद्धि र पानीको अभावको सामना गरिरहेकाले यस क्षेत्रले अत्यन्तै कठोर अवस्थाहरू अनुभव गरिरहेको छ । यसबाट आप्रवासीहरूको जीवनलाई जोखिममा परेको छ ।