नहरमा खसेर मजदुर बेपत्ता



राजविराज (सप्तरी) । सप्तरीको महादेवा गाउँपालिकामा विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेर एक मजदुर बेपत्ता भएका छन् । महादेवा–३ बथनाहाका २२ वर्षीय प्रदीप यादव बेपत्ता भएका हुन् ।

महादेवास्थित कोशीको पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा उनी चिप्लिएर नहरमा खसेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।


नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता यादवको खोजी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here