नवनियुक्त २१ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)



काठमाडौं । नवनियुक्त २१ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।


नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका थिए ।

गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्।

यस्ता छन् २१ जना मन्त्री
कांग्रेसबाट

प्रकाशमान सिंह- सहरी विकास
रमेश लेखक- गृह
आरजु राणा- परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी

एमालेबाट –

विष्णु पौडेल- अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई- रक्षा

जसपा

प्रदीप यादव- खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा