नयाँ सरकार बनेपछि सार्वजनिक मौद्रिक नीतिमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।


मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको बताएका छन् । आज मौद्रिक नीति सार्वजनिक गर्दै शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति लिइएको बताएका हुन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको बताए । त्यस्तै बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

https://drive.google.com/file/d/1GZuVUYMR_UAQ8vIC6Ag3tLrErfdl7ujf/preview