![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
गोदार (धनुषा) । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए । मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयले बचाउने प्रयास गरेका थिए । तीनैजनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)