दुर्घटना अपडेट : विमानमा सवार अधिकांश सौर्य एयरलाइन्सका कर्मचारी सवार, उद्धार कार्य जारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटना भएको जाहजमा अधिकांश सौर्य एयरलाईन्सको कर्मचारी रहेको बताइएको छ । दुर्घटनाका कारण विमान पूर्ण रुपमा जलेको बताइएको छ ।

पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । जहाज मर्मतका लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको बताइएको छ ।


जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । अहिले मृतकहरुको शव संकलन गर्ने काम भइरहेको बताइएको छ । आधिकारिक रुपमा कति जनाको मृत्यु भएको हो भन्ने कुरा भने पुष्टि भइसकेको छैन ।