दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित



खलङ्गा (दार्चुला) । दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित भएका छन् । मार्मा गाउँपालिका–४ र ५ का ती परिवार बिस्थापित भएका हुन् ।

मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।


बाढी घरमा पसेपछि बिस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोबाट बिस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए ।

दार्चुलामा बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here