दक्षिण पाकिस्तानमा बम विस्फोट हुँदा ९ जना घाइते



पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एक प्रहरी चौकीमा बुधबार भएको हाते ग्रिनेड विस्फोटमा कम्तीमा नौ जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रान्तको जामशोरो जिल्लामा प्रहरी चौकीको भण्डार कक्षमा गर्मीका कारण आफैँ हाते ग्रिनेड विस्फोट हुँदा सात प्रहरी घाइते भएका छन् ।

विष्फोटपछि उद्धार टोली र बम डिस्पोजल टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । विष्फोटको वास्तविक कारण पत्ता लगाउन घटनाको अनुसन्धान जारी रहेको र प्रमाण जुटाउन आधुनिक प्रविधिको प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।