तोलामा १८ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा १८०० रुपैयाँ बढेर आज प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।