तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न



जुम्ला। जुम्लाको तिला गाउँपालिकाले पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ६१ वटा विकासे योजना सम्पन्न गरिसकेको जनाएको छ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले ८३ मध्ये ६१ योजना निर्माणकार्य सम्पन्न भएको जानकारी दिए।


निर्माण सम्पन्न भएका केही योजनाको भुक्तानी भइसकेको र ठेक्काबाट सञ्चालन भएका योजनाहरूको भने कार्यसम्पन्न प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने उनले बताए।

पालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय ६५ वटा विकास आयोजना सम्पन्न गरेको थियो।

महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार तिलाका नौवटा वडा र पालिकास्तरमा गरी कूल एक सय ६५ योजना सम्पन्न भएका हुन्।

तीमध्ये ५० लाखमाथिका १५, पाँच लाखदेखि ५० लाखसम्मका एक सय २० र पाँच लाखभन्दा कम लागतका ३० वटा आयोजना रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here