ताप्लेजुङको फुङलिङका इन्जिनियर एकलाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ ।


उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नम्बर ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here