‘ठूला राजनीतिक दलका शीर्ष नेताबीच संवाद हुनु सकारात्मक’



काठमाडौँ । सत्तारुढ तथा प्रतिपक्षी राजनीतिक दलका सांसदहरुले ठूला राजनीतिक दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु सकारात्मक भएको बताएक छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले पछिल्ला दिनमा ठूला दलका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार जगाएको बताए । उनले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको खाँचो औँंल्याए ।


सांसद गिरीले एइईमा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनु राम्रो सङ्केत नभएको भन्दै खस्कँदो विद्यालय शिक्षा सुधार गर्दै बालबालिकालाई आधारभूत र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न माग गरे । उनले दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न माग गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवाद हुनु राम्रो कुरा भएको बताए । ठूला नेताबीचको राजनीतिक तित्तताले मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै उनले नेताहरुबीचको सहमति तथा सहकार्यले मुलुकको हित र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु राम्रो कुरा हो”, उनले भने,“जोडदारपूर्वक मुद्दा र अडान राख्ने, परिआउँदा फेरि एकताबद्ध भएर राष्ट्रका सङ्कटहरुलाई हल गर्ने संस्कार छ ।” सांसद सापकोटाले शान्तिप्रक्रियाका बाँकी कामलाई चाँडो निष्कर्षमा पु¥याउन सभामुखमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले ‘बेल्ट एन्ड रोड इनिसिएटीभ’ बिआरआई परियोजनालाई नेपालको राष्ट्रिय हित र विकासलाई मध्यनजर गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । जलविद्युत्, रेलमार्गलगायत महत्वपूर्ण परियोजनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

सांसद श्रेष्ठले नेपाल र भारत तथा नेपाल र चीनबीच भएका सम्झौताबारे व्यापक बहस चलिरहेकाले दुई देशबीच भएका ती सम्झौतालाई राष्ट्रिय सहमतिकासाथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here