झलनाथको रवैयाप्रति रामकुमारीको असन्तुष्टि



काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको नेतृत्व चयनलाई लिएर असन्तुष्टि जनाएकी छन् । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको थियो ।

तर अन्य पदाधिकारी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौ भनेर प्रतिनिधिहरूलाई घर पठाउने काम भएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।


उनले भनेकी छन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?’

महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको थियो । पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here