जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्नेछौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिइने बताए । प्रधानमन्त्री ओलीले सरकारले सही इन्टेन्सनका साथ सुशान प्रदान गर्ने बताए ।

‘सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं । जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गर्नेछौं । सुशासनका लागि स्टन्ट होईन, सही इन्टिेन्स चाहिन्छ । यस सरकारले आफूलाई अग्लो बनाउन अरुलाई होचो बनाउने कोशिस गर्ने छैन । आफू गोह्रो देखिन अरुको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैनौं,’– उनले भने ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनी उपप्रधान एवं गृहमन्त्री रहेको बेला उक्त प्रकरण बाहिर आएपछि छानविनका लागि संसदीय विशेष समिति बनेको थियो ।