जैविक मल उत्पादन गर्न भैँसीपालन



झापा । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ ।

जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए ।


“प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन”, उनले भने, “भैँसीको मलमूत्र दुवै उपयोगी हुन् । गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो, ” उनले भने । सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए ।