काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दैछ । आज बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेबारे निर्णय गर्ने छ ।
प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने निश्चित रहेको हुँदा जसपा नेपालले पनि विपक्षमा नै मतदान गर्ने चर्चा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् ।