चीन भ्रमण कूटनीतिक रुपमा महत्त्वपूर्ण : शेख हसिना



ढाका,बङ्गलादेश । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो हालैको चीन भ्रमणलाई ‘बङ्लादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण हिस्सा’ भएको आइतबार आफ्नो सरकारी निवासमा गरिएको पत्रकार सम्मेलनमा बताएकी छिन् ।

चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा हसिनाले जुलाई ८ देखि १० जुलाईसम्म चीनको राजकीय भ्रमण गरेकी थिइन् ।


उनको भ्रमणको क्रममा चीन र बङ्गलादेशले आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक सहकारी साझेदारीमा उठाउन सहमति जनाएका थिए । नीति आदानप्रदान, अर्थव्यवस्था, व्यापार र लगानी, डिजिटल अर्थव्यवस्था, निरीक्षण , स्वास्थ्य सेवा, शिक्षा र मिडियासम्बन्धी थुप्रै द्विपक्षीय सहयोगका दस्तावेजमा हस्ताक्षर भएको छ ।

एशियाली देशका रूपमा मात्र नभई बङ्गलादेश र चीनको आर्थिक एवम् परम्परागत बिषयमा पनि लामो समयदेखि सुमधुर सम्बन्ध भएको हसिनाले उल्लेख गरिन् ।

अनुसन्धान, शिक्षा, सूचना र सञ्चार , प्रविधि, संस्कृति आदिका क्षेत्रमा सहयोग हुने आशा व्यक्त गरिन् । राष्ट्रपिता बङ्बन्धु शेख मुजीबुर रहमान र आधुनिक स्मार्ट बङ्गलादेशले सपना देखेको सोनार बङ्गालाको निर्माणमा बङ्गलादेश र चीनको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने पनि उनले बताइन् ।

यसै क्रममा आफ्नो भ्रमण बङ्गलादेशको कूटनीतिक गतिविधिको महत्त्वपूर्ण भागका रूपमा चिह्नित हुने दाबी उनले गरिन् ।