गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित : राष्ट्रसङ्घीय अधिकारी



संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तिमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताइन् । यस समयमा, गाजा पट्टीमा प्रत्येक दसमध्ये नौ जना कम्तिमा एक पटक आन्तरिकरूपमा विस्थापित भएको उनले बताएकी छन् ।


उनले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिइन् । उनका अनुसार ११ लाख नागरिकले गाजा पट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको उनले बताएकी छन् ।

राष्ट्रसङ्घका अधिकारीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनुस खाली गर्ने इजराइली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको सङ्ख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।

मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले करिब दुई लाख ५० हजार प्यालेस्टिनीे खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here