खोलाले बगाउँदा एक जनाको मृत्यु



तुलसीपुर । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । तेजबहादुर भाइ ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो । भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए भने दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।