कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन, नगरभित्र आज शोक बिदा



काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । बिहीबार राति साढे १० बजे वीरअस्पतालको सघन कक्ष (आइसियु) मा उपचारका क्रममा उनको निधन भएको हो ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनको स्वास्थ्य जटिल अवस्थामा रहेको थियो । मिर्गौलामा समस्या देखिएपछि नकर्मी नियमित डायलिसिस गराउँदै आएका थिए ।


पछिल्लो एक महिनादेखि उनको स्वास्थ्यमा झनै समस्या देखिएको थियो । मेयर नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।