कांग्रेस नेता जीतेन्द्र देव एमाले प्रवेश



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जीतेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका छन् । उनी संविधानसभा सदस्य एवं पूर्वकृषिमन्त्री हुन् ।


पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा लोसपाका अरू नेता–कार्यकर्तालाई पनि ओलीले एमालेमा प्रवेश गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here