कर्जाको जोखिम भार पुनरावलोकन गरिने, रेगुटरी रिटेल पोर्टफोलियोको सीमा ५० लाख बढ्यो



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषमा परेको दबाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरूबीच थप सामञ्जस्यता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१–८२ को लागि पुँजी कोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने, असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने बताएको केन्द्रीय बैंकले (घ) विद्यमान रेगुटरी रिटेल पोर्टफोलियोको सीमालाई रु.२ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने बैंकले जाएको छ ।


बैक तथा वित्तीय संस्थाले टिगर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुक्रेशी फेमवर्क २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजी कोष प्राथमिक पुँजी कोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरूलाई टिगर २ क्यापिटलको रूपमा गणना गर्न सकिने व्यवस्था गरिने बताएको छ । 

यस्तै, उपरोक्त (क) देखि (ब) सम्मका व्यवस्थाहरूबाट वित्तीय प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गर्ने, निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।