एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू



ढाका । बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ ।

बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गरेका हुन् ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ढाकादेखि बेइजिङसम्मको सिधा हवाई उडानले दुई देशबीचको व्यापार विस्तारमा नयाँ आयाम थपिने बताए ।

उनले बङ्गलादेश र चीनबीचको मित्रता, सहयोग, विकास र बढ्दो आवतजावतको प्रमाण यो उडान भएको बताए।

उनले भने, “यो उडानले बङ्गलादेशका जनता, व्यवसायी र विद्यार्थीहरूले सीधै बेइजिङको यात्रा गर्नलाई सहज बनाउनेछ । यसको फाइदा पर्यटन र अन्य व्यावसायिक क्षेत्रमा पनि देखिनेछ ।”