एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ । 


यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।