एमाले लुम्बिनी संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा



लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएका छन् ।

दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट थिए।


बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिएका हुन्।

संसदीय दलका नेता तथा पार्टी पोलिट्ब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको थियो।

गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएपनि मुख्यमन्त्रीले सपथलिएपछि मात्र राजीनामाको औपचारिक जानकारी दिन भन्दै सार्वजनिक गरेका थिएनन् ।

यसैबीच मुख्यमन्त्री बन्न नदिएको भन्दै असन्तुष्ट बनेका उनी मुख्यमन्त्री आचार्यको शपथमा पनि अनुपस्थित भएका छन् । लिला गिरी पूर्व मुख्यमन्त्रीसमेत हुन् । अन्य पूर्व मुख्यमन्त्रीहरु शपथ ग्रहण समारोहमा सहभागी भए पनि गिरी भने सहभागी भएनन् ।