एमालेसँग भएको सात बुँदे सहमति कांग्रेसद्वारा अनुमोदन



काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि नेकपा एमालेसँग भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ । बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो।

सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।


ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिनेलगायत सहमति भएको छ । तर, ती बुँदाहरू औपचारिक रुपमा सार्वजनिक भइसकेका भने छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here