एमालेले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले बुझाए राजीनामा



बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । लुम्विनीमा एमालेका नेता चेतनारायण आचार्यको नेतृत्वका भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न क्षेत्री मन्त्री थिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार तीन महिना नबित्दै संकटमा परेको छ ।


माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा केन्द्रको समीकरण अनुसार कांग्रेस र एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here