एमालेले डाक्यो सचिवालय बैठक



काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।


बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।