आरजु मन्त्री बनेपछि रिक्त कृषि समिति सभापतिको निर्वाचन मंगलबार हुने



काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

आइतबार बसेको सदनको बैठकमा सभामुखको भूमिका निर्वाह गरिरहेकी इन्दिरा रानाले साउन १५ गते सो पदमा चुनाव चुने र त्यसका लागि आजै कार्यसूची प्रकाशित हुने जानकारी गराईन् ।


यसअघि सो समितिको सभापति रहेकी डा आरजु राना देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त छ । सो पदमा नेपाली कांग्रेसले उम्मेदवार पठाउनेछ ।