आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here