अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।

जसपाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समर्थन फिर्ताको जानकारी पठाएको छ । जसपाले आजैका मितिदेखि लागू हुने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समर्थन फिर्ता लिएको जसपाले बताएको छ ।


यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् । 

जसपाबाट यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए ।

उनीहरूको आजै राजीनामा दिने तयारी गरेका छन् । उक्त विषय स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री दाहाललाई भेटेर जानकारी गराइसकेका छन् ।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको कुरा सभामुखलाई समेत जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here