अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारले काम गर्ने



काठमाडौं । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ भएको जनाउ दिएको छ ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहने उल्लेख गरेको छ ।


अर्को सरकार नभइन्जेल संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रुपमा रहने संवैधानिक व्यवस्था रहेको छ ।