सिमलताल दुर्घटना अपडेटः यात्रुहरुको अवस्था अझै अज्ञात, खोजी कार्य स्थगित



काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले दिनभरी खोजी कार्य जारी राखेपनि यात्रुहरु फेला पार्न नसकेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना गरी ७० जना परिचालित भएका थिए ।


आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।